काठमाडौं । जाजरकोट र रुकुम पश्चिम जोड्ने गरी भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिएको छ ।
तल्लुबगरमा भेरी नदीमाथि बिहीबार बेलिब्रिज जोड्ने क्रममा पुल भाँचिदा दुईजनाको घटनास्थलमै मृत्यु भएको र अन्या चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको छ । मृतक तथा घाइतेहरुको पहिचान खुल्न सकेको छैन । विस्तृत विवरण आउन बाँकी छ ।



