कोशी प्रदेश

असिनाले बालीनालीमा क्षति

ताप्लेजुङ । ताप्लेजुङमा बुधबार साँझ वर्षासहित परेको असिनाले हिउँदे बालीनालीमा क्षति पुर्‍याएको छ । सदरमुकाम फुङलिङसहित जिल्लाका अधिकांश क्षेत्रमा साँझदेखि बेलुकासम्म हावाहुरी र मेघगर्जनसहित असिना परेको थियो ।

केही ठाउँमा फाट्टफुट्ट असिना परेको छ भने तिरिङ्गे, सिकैँचा, थुम्बेदिनलगायतका क्षेत्रमा बालीनालीमा क्षति पुग्ने गरी असिना परेको स्थानीय सागर इजमले जानकारी दिए ।

हावाहुरीसहित परेको असिनाका कारण मकै, गहुँ, जौ, सागपात र फलफूल खेतीमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । यसअघि फागुनको मध्यतिर पनि यहाँ असिना परेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *