काठमाडौँ । साउदी प्रो लिगमा अल हिलालले अल नासरलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा अल हिलालले अल नासरलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
अल हिलालको जितमा ओडीओन इघालोले दूवै गोल गरेका थिए । इघालोले दुवै गोल पेनाल्टी मार्फत गरेका थिए ।
यो जितपछि अल हिलालको २५ खेलमा ४९ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।
त्यस्तै जारी लिगमा क्रिस्टियानो रोनाल्डो नेतृत्वको अल नासरको यो तेस्रो हार हो । अल नासरको लिगमा २४ खेलमा ५३ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै साउदी प्रो लिगमा अहिलेसम्म अल इतिहाद शिर्ष स्थानमा रहेको छ ।



