खेलकुद

रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौँ । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा चेल्सीलाई २-० गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले समग्रमा ४-० को नतिजा निकाल्दै सेमिफाइनलमा पुगेको हो ।

रियल म्याड्रिडको जितमा रोड्रीगोले दुवै गोल गरेका थिए । यसअघि सम्पन्न पहिलो लिगमा पनि रियल म्याड्रिडले २-० को जित निकालेको थियो ।

त्यस्तै इटालियन क्लब एसी मिलानले नापोलीलाई समग्रमा २-१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *