काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज दुई खेल हुदै छन् । बिहान ९ बजेदेखि हुने खेलमा टियु क्रिकेट मैदानमा समुह बि अन्तर्गत युएई र कुवेतबीच खेल हुने छ भने मुलपानी क्रिकेट मैदानमा समुह ए अन्तर्गत ओमान र कतारबीचको खेल हुने छ ।
यसअघि मंगलबार प्रतियोगिताकोप पहिलो दिन समुह एमा रहेको नेपालले मलेसियालाई हराउदै विजयी शुरुवात गरेको छ भने मंगलबार नै समुह बि मा रहेको हङकङले सिंगापुरलाई हराउदै विजयी शुरुवात गरेको छ ।
१० टोली सहभागी प्रतियोगिताको समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा पुग्ने छन् ।
विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने छ ।



