खेलकुद

मुम्बईले सनराइजर्सलाई हरायो

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई १४ रनले पराजित गरेको छ ।

मुम्बईले दिएको १९३ रनको लक्ष्य पछाएको सनराइजर्सले १९.५ ओभरमा अलआउट हुदै १७८ रन बनाएपछि खेल १४ रनले हारेको हो ।

सनराइजर्सका लागि मयंक अग्रवालले सर्बाधिक ४८ रन बनाए भने हेनरीच क्लासेनले ३६ रन बनाएका थिए । त्यस्तै कप्तान एडन मार्क्रमले २२ रन बनाए भने मार्को जानसेनले १३ र वाशिंटन सुन्दरले १० रन बनाए ।

त्यस्तै मुम्बईका बलर जासन बेहरेनडोर्फ़, रिले मेरेडीथ र पियुष चावलाले २-२ विकेट लिए भने क्यामरुन ग्रीन र अर्जुन तेन्दुलकरले एक एक विकेट लिएका थिए ।

अर्जुन तेन्दुलकरले आफ्नो आइपिएल क्यारियरको दोस्रो खेलमा डेभ्यु विकेट लिएका छन् ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउदै १९२ रन बनाएको थियो ।

मुम्बईका लागि क्यामरुन ग्रीनले सर्बाधिक ६४ रन बनाएका थिए । त्यस्तै इशान किशनले ३८, तिलक बर्माले ३७, कप्तान रोहित शर्माले २८, टिम डेभिडले १६ रन बनाएका थिए । त्यस्तै सूर्यकुमार यादवले ७ रन बनाएका थिए ।

त्यसैगरी सनराइजर्सका बलरमार्को जानसेनले २ विकेट लिए भने भुवनेश्वर कुमार र टी नटराजनले एक एक विकेट लिएका थिए ।

यो जितपछि मुम्बई इण्डियन्सको ५ खेलमा ६ अंक भएको छ र अंकतालिकामा छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै सनराइजर्सको ५ खेलमा ४ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *