कर्णाली प्रदेश

कर्णाली प्रदेश मुख्यमन्त्रीको कार्यालय तोडफोड

सुर्खेत । कर्णाली प्रदेशका दलित समुदायले ८४ बुँदे माग राख्दै मुख्यमन्त्री कार्यालय तोडफोड गर्न थालेपछि झडप भएको छ । प्रहरी र आन्दोलनकारीबीच भएको उक्त झडपमा ७ जना प्रहरी र २२ जना आन्दोलनकारी घाइते भएका छन् ।

उनीहरू धर्ना दिइरहेका थिए । धर्नामा बल प्रयोग गर्न खोज्दा झडप भएको बताइएको छ । आन्दोलनकारीहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै मंगलबार दिउसो मुख्यमन्त्री कार्यालय तोडफोड गर्न थालेका थिए ।

त्यस लगत्तै भएको झडपमा परी प्रहरी निरीक्षक मिलन पाण्डेसहित ७ जना प्रहरी र २२ जना आन्दोलनकारी घाइते भएका हुन् । प्रहरी निरीक्षक पाण्डेको टाउकोमा ४ वटा टाँका लगाइएको छ । आन्दोलनकारीले मुख्यमन्त्री कार्यालयको बोर्ड र झ्याल फुटाइदिएका छन् ।

मुख्यमन्त्री कार्यालय अगाडि सुरक्षा व्यवस्था कडा पारिएको छ । मंगलबार दिउसो मात्र मुख्यमन्त्री कार्यालयले उनीहरूको ८४ बुँदे मागलाई सम्बोधन गर्न सामाजिक विकास मन्त्रालयका सचिव सन्त बहादुर सुनारको संयोजकत्वमा संवाद समिति गठन गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *