काठमाडौं । फोहोर व्यावस्थापनमा काठमाडौं महानगरपालिका कम्जो देखिएको छ । काठमाडौँ महानगरपालिकाका मेअर बालेन्द्र शाहले सिंहदरबारको फोहोर नउठाउन संम्बन्धित निकायलाई निर्देशन दिएपछि अहिले सिंहदरवारभित्र फोहोरको डङगुर नै थुप्रिएपछि महानगर कम्जोर देखिएको हो ।
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आज फोहोर उठेको छैन। काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने भन्दै शनिबार फेसबुकमा एक स्टाटस लेखेका थिए । सहरी विकासअन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले सिंहदरबार क्षेत्रको फोहर व्यावस्थापनको काम गर्दै आइरहेकोमा बालेनको जवाफ नै मुख्य अवरोधको बाधक बन्न पुगेको छ ।
चैत्र २६ गतेदेखि आज सम्म सिंहदरबारमा थुपारिएको फोहोरको थुप्रो उठ्न सकेको छैन । फोहोर व्यावस्थापनका विषयमा महानगरका मेअर बालेनले सस्तो लोकप्रियताका लागि नभइ बाध्यताले फोहोर नउठाएको बताउदै आएका छन् । सरकार तथा मन्त्रीहरुसंग काठमार्डौँ महानगरपालिकाभित्र वर्षौदेखि देखा परेका समस्या समाधानका लागि बारम्बार पहल गरेपनि कसैले सुनुवाई नगरेकाले सो निर्णय गर्न बाध्य भएको उनले बताएका छन् ।
महानगरभित्रका समस्या समाधानका लागि बारम्बार ९ महिनासम्म वार्ता गरेपनि कुनैपनि सहयोग आफूँलाई नगरेपछि सम्बन्धित निकायलाई फोहोर नउठाउन महानगरले निर्देशन दिएपछि फोहोर नउठाएको बताउँछन ,फोहोर व्यावस्थापन निकायका प्रमुख तथा सरोकारवालाहरु ।
काठमाडौं महानगरपालिकाका मेयरको कम्जोरी नै संचारमाध्यमा आएर वार्ता नदिनु हो । महानगरपालिकाको दायित्व र जिम्मेवारी बोकेका मेअर शाहले हेरक पटक सरकारसंग गरेका पहलका वारेमा संचारमाध्यममा आएर अन्र्तवार्तामा आँफूले चालेका कदममा गरेको हस्तक्षपका वारेमा प्रष्ट पार्नुपर्छ ।
फोहोर व्यावस्थापनका विषयमा पनि नुवाकोटको सिस्डोलमा भएको गतिविधिका वारेमा प्रधानमन्त्री तथा मन्त्रीहरुलाई बोलाएर पत्रकार सम्मलेन किन गर्न सक्दैनन मेअर बालेन ? हरेक अवरोध सिर्जना भएको ठाउँमा महानगरले सबैदललाई पत्र जारी गर्दै पत्रकारसम्मेलनमार्फत आफ्ना समस्याहरु जारी गर्नुपर्छ । त्यती मात्र होइन विकासका लागि र सकरात्मक परिवर्तनका लागि चालिएका कदमका वारेमा विरोध गर्ने दल, दलका नेता , कार्यकर्ता एवम स्थानीयलाई बोलाएर पत्रकारसम्मेलनमै कुरा राख्न लगाउनु आवश्य हुुन्छ । त्यसकारण कस्ले के भन्दै छ भन्ने विषयमा सबैलाई छर्लङ्ग हुन्छ ।
अहिले सामाजिक संजालदेखि हरेक चोक– चोक मा सिंहदरबारको फोहोरको बारेमा चर्चा चल्न थालेको छ । त्यतीमात्र होइन संसदमा समेत सो विषयले चर्चा पाएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्डलाई काठमाडौँ महानगरपालिकासंग तत्काल वार्ता गरेर फोहोर व्यावस्थापनका लागि सहयोग गर्न आग्रह गरेका छन । त्यस्तै शहरी विकास मन्त्रालयले पनि सिहंदरबारभित्रको फोहोर व्यवस्थापन गर्ने जिम्मा मन्त्रालयको नभएको बताएको छ । फोहोरमैला व्यवस्थापन ऐन २०६८ को परिच्छेद २ को दफा ३ मा फोहोरमैला उत्पादन संकलन, न्यूनीकरण तथा निष्काशन सम्बन्धी व्यवस्था फोहोरमैलाको प्रबन्ध गर्ने जिम्मेवारी स्थानीय तहको हुने उल्लेख छ ।




