संसद

सदनमा उठेका प्रश्नको जवाफ दिन सभामुख घिमिरेको रुलिङ

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको विभिन्न समयमा सांसदले राख्नुभएको जिज्ञासा तथा प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले उक्त रुलिङ गरेका हुन् । “विगतका बैठकदेखि अहिलेसम्म शून्य, विशेष र अन्य समयमा सांसदले जनसरोकारका विविध विषयमा कुरा उठाइरहेका छन्”, सभामुख घिमिरेले भने, “प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ तर्फ सरकारको ध्यानाकर्षण गराउँदै अहिलेसम्म उठेका प्रश्नहरुको जवाफ दिन निर्देशित गर्दछु ।”

महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

प्रतिनिधिसभामा आर्थिक वर्ष २०७८\७९ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रतिवेदन पेस गरिन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *