पर्यटन

नेपालमा एक महिनामा एक लाख पर्यटक भित्रिए, सबैभन्दा धेरै भारतीय

काठमाडाैं । मार्च महिनामा नेपालमा एक लाख पर्यटक भित्रिएका छन् । यस अवधिमा ९९ हजार चार सय २६ जना हवाईजहाजबाट नेपाल भित्रिएका हुन् । जुन काेभिड सुरु भएपछिकाे सबैभन्दा धेरै हाे ।

सन् २०१९ मा नेपालमा एक लाख २७ हजार पर्यटक आएका थिए । काेराेना सुरु भएपछि सन् २०२१ काे मार्चमा १५ हजार र सन् २०२२ काे मार्चमा ४२ हजार पर्यटक नेपाल आएका थिए । यसपटक नेपाल आउने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन् । त्यसपछि अमेरिकी छन् ।

नेपाल पर्यटन बाेर्डका अनुसार मार्चमा २५ हजार ९११ भारतीय, नाै हजार ५५७ अमेरिकी, ६ हजार १३३ बेलायती नागरिक नेपाल आएका छन् । यस्तै चार सय १४९ जर्मनी, श्रीलंकाबाट तीन हजार ८९८, थाइल्यान्डबाट तीन हजार ८२९, अस्ट्रेलियाबाट तीन हजार ६३५, फ्रान्सबाट तीन हजार नाै, चीनबाट दुई हजार ६३५ र दक्षिण काेरियाबाट दुई हजार ६३९ जना नेपाल आएका छन् ।


नेपालमा काेराेना महामारी नभएकाे, सुरक्षित र आकर्षक गन्तव्य भएकाले विदेशी नागरिककाे राेजाइमा नेपाल पर्न थालेकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *