राजनीति

एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न उपनिर्वाचनका लागि आज (शनिबार) उम्मेदवारको टुङ्गो लगाउने भएको छ । पार्टीको सचिवालय बैठक बसेर उम्मेदवार टुंगो लगाइने उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् ।

उनका अनुसार शुक्रबारसम्म जिल्लाबाट आकांक्षीहरूको नाम सिफारिस भएको र आज बैठक बसेर उपनिर्वाचन हुन लागेका तीनै क्षेत्रमा उम्मेदवार तय गरिने छ ।

बारा क्षेत्र नम्बर–२, चितवन–२ र तनहुँ–१ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि यही चैत २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *