समाचार

सरकार र मिटरब्याज पीडित सङ्घर्ष समितिबीच दोस्रो चरणको वार्ता जारी

काठमाडौं । सरकार र मिटरब्याज पीडित सङ्घर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरु भएको छ । बिहीबारदेखि सुरु भएको वार्ता आज पनि जारी छ ।

पहिलो वार्ता निस्कर्षबिही भएको थियो । त्यसपछि आज बिहानैदेखि सरकार र पीडित पक्षबीच गृह मन्त्रालयमा वार्ता चलिरहेको छ । सो वार्तामा सरकारको तर्फबाट गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र पीडितको तर्फबाट सङ्घर्ष समिति संयोजक मनोजकुमार पासवान रहेका थिए ।

बिहीबारको वार्तामा सङ्घर्ष समितिले ९ बुँदे माग सरकारी वार्ता टोलीलाई बुझाएको थियो । मिटरव्याजी पिडितहरुले आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन् ।

आज बसेको बैठले सो विषयको टुंगो लगाउने बताइएको छ । महोत्तरीबाट पैदल हिँड्दै काठमाडौँ आएर आन्दोलन गरिरहेका मिटर ब्याज पीडितहरूसँग वार्ता गर्न सरकारले चैत १३ गते समिति गठन गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *