देश

तनहँ –१ उपनिर्वाचन : एमालेबाट सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस

काठमाडौं । तनहुँ–१ मा वैशाखमा १० गते हुने उपनिर्वाचन लड्न एमालेबाट पूर्वआईजीपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस गरिएको छ । यसअघि स्थायी कमिटी सदस्य किरण गुरुङको चर्चा उपनिर्वाचनमा चलेको थियो । तर उनको नाम सिफारिस भएको छैन् ।

तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचन लडेर पराजित भएका गुरुङले आफ्नो क्षेत्र छाडेर चुनाव नलड्ने बताए ।

पूर्व आईजीपी खनालसहित रामबहादुर गुरुङ, मोहन विक, परितोस पौडेल, सोझा गुरुङ, किरण धितालको नाम सिफारिस गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *