काठमाडौं।नेपाली कांग्रेस परित्याग गरेका अर्थविद डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएका छन्।
वाग्लेले बिहीबार रास्वपाको सदस्यता लिएका हुन्।
यसअघि बिहीबार दिउँसो मात्रै उनले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका थिए।
वाग्ले रास्वपाबाट तनहुँ क्षेत्र नं १ मा उपनिर्वाचन लड्ने तयारीमा छन्।



