विश्व

बोआओ फोरममा दुई हजार प्रतिनिधि सहभागी

काठमाडौं । मंगलबारदेखि यहाँ प्रारम्भ भएको ‘बोआओ फोरम फर एशिया’ मा ५० भन्दा बढी देश र क्षेत्रका दुई हजार प्रतिनिधिले भाग लिएका छन् । हाइनान प्रान्तको यो तटीय शहरमा आयोजित फोरमको वार्षिक सम्मेलनमा ४० देश र क्षेत्रका एक सय ७० भन्दा बढी सञ्चार गृहका एक हजार एक सयभन्दा बढी पत्रकार सहभागी भएका फोरमका महासचिव ली बाओडोङले बताएका छन् ।

कोभिड–१९ को महामारीपछि भौतिक रूपमा सहभागीहरू फोरममा पहिलोपटक उपस्थित भएका हुन् । अनिश्चित विश्व र चुनौतीका बीच विकासका लागि एकता र सहयोग विषयमा हुने यो बैठकमा विकास, समावेशिता, सुरक्षालगायत विषयमा केन्द्रित रहेर छलफल हुनेछ ।

राष्ट्र–राष्ट्रबीच सहयोग र एकता प्रवर्द्धन गर्दै क्षेत्रीय आर्थिक एकीकरण, खुलापन एवम् समावेशी विकासलाई केन्द्रमा राखेर यो वर्षको सम्मेलन आयोजना गरिएको महासचिव लीले बताएका छन् । एशियाली मुलुकहरूलाई उनीहरूका विकासका लक्ष्य प्राप्तिमा सघाउन सम्मेलन फलदायी हुने विश्वास उनले व्यक्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *