वैतडी । जिल्लाको सिगास गाउँपालिकामा देवी भागवत पुराण महायज्ञ सम्पन्न भएको छ । वार्ड नम्बर ९ को च्वाँगड निलपाल मन्दिरमा महायज्ञ भएको थियो ।
देवी भागवत पुराण महायज्ञ आचार्य श्री शरद राज भट्ट द्वारा वाचन भइरहेको महायज्ञमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको थियो । महायज्ञमा निलपाल मन्दिरका पुजारी नारद अवस्थी, भण्डारे जैभान सिंह ढाट, देउडे चन्द्रसिंह ढाट र मुखिया रतन सिंह ढाट लगायतको सक्रिय सहभागिता रहेको थियो।
महायज्ञमा नेकपा एकीकृत समाजवादी पार्टी निकट पेसागत महासंघका केन्द्रीय सदस्य एवं अधिवक्ता गोपाल सिंहको समेत सहभागिता रहेको थियो । आयोजकले महायज्ञमा उपस्थिति हुनुहुने जिल्लाका सबै श्रद्धालुहरुलाई विशेष धन्यवाद दिएको थियो ।




