बागमती प्रदेश

बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो

हेटौँडा। बागमती प्रदेशसभाको बैठक आउँदो शुक्रबार बस्नेगरी सारिएको छ । बुधबार अपरान्ह ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक १० चैत शुक्रबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो ।

बुधबारको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल विश्वासको मत लिने तयारी गरेका थिए । तर, कांग्रेस सांसद अनुपस्थित हुने भएपछि मुख्यमन्त्री जम्कट्टेल र सभामुख भुवन पाठकबीच छलफलपछि बैठक सारिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *