बागमती प्रदेश

बागमती प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम आजलाई स्थगित

हेटौँडा।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यक्रम आज रोकिएको छ।

बागमती प्रदेश सभाबाट विश्वासको मत लिनेगरी आज तय भएको कार्यक्रम नयाँ गठबन्धनमा रहेका दलहरुबीचको असमझदारीका कारण अन्तिम समयमा आएर स्थगित भएको हो ।

मुख्यमन्त्री जम्कट्टेलका स्वकीय सचिव विजय बुर्लाकोटीले आजका लागि तय भएको विश्वासको मत लिने कार्यक्रम स्थगित भएको जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *