संसद

सभामुखद्वारा बारा-२ रिक्त भएको संसदलाई जानकारी

काठमाडौँ । प्रतिनिधिसभामा उपराष्ट्रपति पदमा निर्वाचित भएका जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवको पद रिक्त रहेको जानकारी दिइएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै त्यससम्बन्धी जानकारी सदनलाई गराए ।

उनले नेपालको संविधानको धारा ६७ को उपधारा (३) र धारा ८९ को खण्ड (क) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त भएको जानकारी गराएका हुन् ।

यादव बारा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । यादव यही चैत ३ मा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनले सांसद पदबाट राजीनामा दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *