समाचार

विराटनगर तनावग्रस्त, प्रदेशको नाम ‘कोसी’ खारेज गर्न माग


काठमाडौं । आइतबार बिहानैदेखि विराटनगर तनावग्रस्त बनेको छ । प्रदेशको नाम ‘कोसी’ राखेको विरोधमा पहिचान पक्षधरहरूले विरोध प्रदर्शन गरेका हुन् ।

विराटनगरमा उनीहरूले निषेधाज्ञा तोड्दै प्रदर्शन गरेका छन्। निषेधाज्ञा तोड्दै प्रदर्शन भएपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रहरीले दर्जनौं सेल अश्रग्यास प्रहार गरेको छ। प्रदर्शनकारीहरू मुख्यमन्त्रीको कार्यालय घेराउ गर्न त्यसतर्फ अगाडि बढेका छन्।

कोसी नामकरणको विरोधमा पहिचान पक्षधरहरूले प्रादेशिक राजधानीमा बृहत् प्रदर्शन गर्ने घोषणा गरेकासँगै प्रशासनले विराटनगरका मुख्य स्थानमा आइतबार बिहानदेखि लागू हुने गरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको थियो । तर पहिचान पक्षधरले आन्दोलनलाई तीव्रता दिएका छन् । उनीहरूले ‘कोसी’ नाम खारेज गर्नुपर्ने एक मात्र माग राखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *