विश्व

भारतीय सेनाको हेलिकप्टर दुर्घटना

काठमाडौँ । अरुणाचल प्रदेशमा भारतीय सेनाको चिता हेलिकप्टर बिहीबार अरुणाचल प्रदेशमा दुर्घटना भएको छ ।

भारतीय सेनाका प्रवक्ताले बोमडिलाको पश्चिममा रहेको मण्डला नजिक दुर्घटना भएको बताए ।

यो हेलिकप्टर सञ्चालनमा रहेको लेफ्टिनेन्ट कर्णेल महेन्द्र रावतले बताएका छन् । बिहान ९: १५ बजे उनको एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क विच्छेद भएको थियो ।

हेलिकप्टरमा दुई पाइलट रहेको र अहिले खोजी कार्य जारी रहेको भारतीय सेनाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *