काठमाडौं । रोजगारीको शिलशिलामा मलेसिया पुगेका सप्तरीका ४३ जना सहित ५६ जना नेपाली काम नपाएर अलपत्र परेका छन् । तिन महिना देखि उनीहरू सलेङ्गर बन्द्रावारु इन्सटेक भन्ने सहरमा बन्धक सरहको जिवन विताइरहेका छन् ।
काठमाडौंस्थित भन्डारी ओभरसिज मेनपवार कम्पनीबाट जनवरी ६ तारिख मलेसियास्थित एडिके कम्पनीमा एयरपोर्ट कार्गोमा कामका लागि पठाएपनि उनिहरुलाई सहर बाहिर सिप नभएका अर्कै काम गर्न बाध्य भएको सप्तरीबाट मलेसिया पुगेका कामदार उमेश कुमार मंडलले बताए ।
गाउँको एजेन्ट रामचन्द्र साह र सत्रुधन मंडल मार्फत म्यानपावरलाई तीन लाख ९५ हजार रुपैयाँ बुझाएर मलेसिया पुगेको पीडित मंडलले जानकारी दिए । एयरपोर्ट कार्गोमा काम गर्नेगरी लाख रुपैयाँ कमाउने प्रलोभन देखाएर आफूहरूसँग पैसा असुले पनि अहिले सम्म कम्पनिले हामिलाई काममा नलगाएको उनले बताए । काम नपाउदा खान वस्न पनि समस्या भइरहे पनि म्यानपावर र एजेन्टले कुनै सहयोग नगरेको पीडितहरूको सामूहिक खिचिएको भिडियोमा भनिएको छ ।
कम्पनीले ‘आएको एक हप्तामा नै तिमिहरुलाई म्यानपावर र एजेन्टले ठगेर पठाएको हामिहरुलाई जानकारी नगराएको उनको भनाइ रहेको छ । मलेसियाको कम्पनीले सहमति पत्रमा आफ्नो हस्ताक्षर नरहेको समेत उनले बताए ।
तिमिहरुलाई यहाँ भने अनुसारको काम दिन नसकिने मलेसियामा रहेको एडिके कम्पनीले बताएको संजय कुमार खंले बताए ।
सुरुमा एक हप्ता सम्म खान बस्न दिए पनि अहिले खाना समेत नदिएको उनीहरुको गुनासो रहेको छ । नेपाल वाट मलेसिया बोकेर आएको मोवाईल सस्तोमा बेचेर खान बस्न बाध्य रहेको उनीहरुले दुखेसो समेत पोखे । उनीहरूलाई खान बस्न र सुत्ने स्थानको समेत प्रबन्ध नभएको भिडियोमा देखाएको छ । आफूहरूलाई उद्धार गरेर सहयोग गर्न उनीहरुले आग्रह गरेका छन् ।
रोजगारका लागि मलेसिया पुगेका ती कामदारहरुलाई कम्पनीबाट बाहिर निकाली दिएको उनीहरुले गुनासो गरेका छन् । ‘कम्पनीको गेटबाट बाहिर निकालिदिएपछि । गेट अगाडी नै असुरक्षति ठाउँमा बसिरहेको पिडित बताउँछन् ।





