काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा पुगेका कामदारले श्रम स्वीकृतिको म्याद बढाउन संम्बन्धित देशबाटै मिल्ने व्यावस्था लागु गर्ने भएको छ । सो प्रक्रियाका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि बनाएर प्रधानमन्त्री कार्यालयमा पेस गरेको छ।
श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हालेका कारण स्वीकृतिको लागि फाइल प्रधानमन्त्री कार्यालयमा पठाइएको स्रोतले जनाएको छ । यस अघि मलेसिया, कतार, दुबई लगायत मुलुकमा श्रम स्वीकृति लिएर गएका कामदारहरू म्याद थप गर्न नेपाल आउनुपर्ने व्यवस्था रहेको थियो । तर रोजगारीमा सो देशमा गएका नेपाली कामदारहरुको सहजिकरणका लागि सो व्यावस्था ल्यायन लागिएको हो ।
अनुसार दुई वर्ष श्रम स्वीकृति लिएर बसेका तर अवैध रूपमा काम गरिरहेका कामदारलाई समस्या पर्दा उद्धार गर्न नेपाल सरकारलाई समस्या भइरहेको मन्त्रालयले जनाएको छ । अब सो प्रणाली लागूभएपछि ती कामदारले सम्बन्धित मुलुकमा रहेको दूतावासमै गएर वा बैंकिङ प्रणालीमार्फत दस्तुर तिरेर श्रमको म्याद थप्न सक्नेछन् ।




