विश्व

चीनको शीर्ष राजनीतिक सल्लाहकार निकायको वार्षिक अधिवेशन सम्पन्न

बेइजिङ । चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको शीर्ष राजनीतिक सल्लाहकार निकायको १४औँ राष्ट्रिय समितिको पहिलोसत्र शनिबार सम्पन्न भएको छ ।

राष्ट्रपति सी चिनफिङ र अन्य चिनियाँ नेता बेइजिङको ग्रेट हल अफ द पिपुलमा आयोजित सत्रको समापन बैठकमा सहभागी भएका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीको १४औँ राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङले बैठकको अध्यक्षता गरेका थिए । सम्मेलनले १३औँ राष्ट्रिय समितिको स्थायी समितिको कार्य प्रतिवेदनमाथिको प्रस्ताव, राजनीतिक सल्लाहकारको प्रस्तावको कामको प्रतिवेदनमाथिको प्रस्ताव, बडापत्रमा संशोधनसम्बन्धी प्रस्ताव, नयाँ प्रस्तावको परीक्षणलगायतका विषय पहिलो सत्रले अनुमोदन गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *