काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री हुने आभास भएको बताएका छन् ।
आज काठमाडौंमा सूरु भएको ‘दोस्रो राष्ट्रिय अर्थशाष्त्री सम्मेलन–२०७९’ लाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हु्न ।
प्रधानमन्त्री पुष्पकमल दाहाल अनुपस्थितिमा महामन्त्री थापा सो सम्मेलनको अन्तिम वक्ता भएका थिए ।
. राजनीतिज्ञहरुलाई अर्थशाष्त्रीय दृष्टिकोण बुझाउने काममा लाग्न पनि अर्थशाष्त्रीहरुलाई आग्रह गरे महामन्त्री थापाले । महामन्त्री थापाले मुलुकको अर्थतन्त्रबारे राजनीतिज्ञहरुलाई बुझाउनुको साटो अर्थशाष्त्रीहरुले गाली गर्ने गरेको गुनासो समेत गरेका छन् ।




