राजनीति

मुख्यमन्त्री शाहले पाउने भए दुईतिहाइ मत

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पनि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ । दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेश सभाको बैठक विश्वासको मत लिने तय भएको छ ।

यसअघि विश्वासको मत नदिने निष्कर्षमा पुगेको नाउपाले अन्ततः पक्षमा मतदान गर्ने भएको हो । पार्टीको केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णय गरिने बताइन् ।

केन्द्रमा नयाँ समीकरण बनेसँगै विश्वासको मत पाउन ढुक्क बनेका मुख्यमन्त्री शाहले आज प्रदेश सभाबाट दुईतिहाइ मत पाउने देखिएको छ । गठबन्धनका दलहरु नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेश सभा सदस्यले मुख्यमन्त्री शाहलाई मत दिने भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *