समाचार

छुवाछुतप्रथाले गाडेको जरो अझै समाजमा

काठमाडौं । नेपालमा माओवादी आन्दोलनबाट छुवाछुत प्रथाको अन्त्य भएको हो भन्ने भनाई बजारमा सुनिन्छ । २०६३ पछि राजनैतिक परिवर्तनका कारण समाजमा केही परिवर्तन देख्रिएको थियो । तर शहरी क्षेत्रको तुलनामा ग्रामिन क्षेत्रमा भने त्यसको प्रभााव बढी छ । ग्रामिन क्षेत्रमा भने अहिले पनि छुवाछुतका कारण जातीय द्धोन्द्धको अवस्था सिर्जना हुँदै गएको छ । यस्तै आज (शुक्रवार दलितको भोज खाएको भन्दै महोत्तरीको एक परिवार सामाजिक बहिष्कारमा परेको छ । महोत्तरीको सोनमा गाउँपालिका ४ खेसराहका भिखारी महतोको परिवारलाई ‘अछूत’ भन्दै समाजले बहिष्कार गरेको छ ।

महतोले गत पुस १९ गते गाउँकै शुभनारायण राम (चमार)को घरमा भोज खाएपछि समाजले सो विषयप्रति असन्तुष्टि जनाएको छ । तेस्रो सन्तानको रुपमा छोरा पाएको खुसीयालीमा (६ दिनमा हुने छठिहार)मा शुभनारायणले साधुसन्तको भोज (भण्डारी) गरेका थिए । सोही भोजमा महतो पनि सरिक भएका थिए । त्यसपछि उनी महतो (कोइरी समुदायको बहिष्करणमा परेका हुन् । भिखारी महतोलाई अछुत भएको भनी जातबाट निकालिदिएको र भातपानी बारेको प्रति गुनासो गरेका छन् । ‘सार्वजनिक रुपमा माफी नमागेसम्म जातमा समावेश नगर्ने अडान समाजले लिएको उनको गुनासो रहेको छ । यसप्रति समाजले उनलाई न्याय दिलाउनुपर्ने हुन्छ । नेपालको संविधानमा उल्लेख गरेअनुसार कसैले कोही माथि विभेद गर्नु हुन्न ।

नेपालमा जातीय भेदभाव दण्डनीय छ । यदि कसैले त्यसो गरेको अवस्थामा तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुईलाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

आफूलाई रामचन्द्र महतो, शंकर महतो, सितो महतो, जवाहर महतो, रामसृष्ठ महतो, दुखा महतो लगायतले चमारको भोज खाएको निहुँमा पञ्चायतमा दुर्व्यवहार समेत गरेको उनको गुनासो छ । सो कारण उनको मनमा निकै दुःखदायी पिडा रहेको छ ।

शुभनारायणको घरमा भोज खाएयता भिखारीलाई गाउँघरमा हुने कोइरी, यादव समुदायको कुनै पनि भोजमा सरिक हुन दिइएको छैन । ‘शुभनारायणकोमा भोज खाएयता ६.७ वटा भोज भएपनि समाजमा हुने कुनै पनि शुभकार्यमा उनले छिमेकीको निम्तो समेत पाएका छैनन् । कोइरी र यादवले समेत उनलाई भोजको निम्तो नदिएपछि आफ्नै जातिले नै प्रतिबन्ध लगाउन थालेको उनको दुःखेसो रहेको छ ।

दलित भए पनि शुभनारायणको परिवार पनि वैष्णव भएकाले घरमा कोही माछामासु खाने गरेका छैनन् । यस्तै धार्मिक सत्संग, प्रवचनमा सरिक हुन्छन् । महतोले आफूले कहिल्यै पनि तल्लो–माथिल्लो जातका भेदभाव नगरेको उनको दाबी रहेको छ ।

जातीय भेदभाव उनले कसैलाई पनि नगर्ने भएकाले म सबैलाई सम्मान मान्छु तर मलाई समाजले दलितको भोज खाएकै कारण माफि माग्न कर गरिरहेको उनको भनाइ रहेको छ । उनले भने,‘ मैँले कुनै अपराध नगरेकाले सार्वजनिक रुपमा होस या एकल रुपमा नै होस माफि माग्ने पक्षमा तयार रहेका छैन्’ ।

घटना पश्चात भिखारीले दोषीहरुमाथि कारबाही र न्याय माग्दै इलाका प्रहरी कार्याय गौशालामा उजुरी दिएका छन् । तर उजुरीमाथि प्रहरीले खासै चासो नदिएको उनको भनाइ छ । पटक–पटक प्रहरीकोमा पुगेपनि १४ गते छलफलको समय थियो तर विपक्षीहरुले उपस्थिति जनाएनन ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक (सई भुवनसिंह कार्कीका अनुसार भिखारीको उजुरी आएको र आरोपीहरुलाई बोलाएर सोधपुछ गर्ने काम भएको छ । विदामा रहेका प्रहरी निरीक्षक रञ्जन मिश्र कार्यालय आएपछि यो घटनाको विषयमा थप कारबाही अघि बढाइने कार्कीको भनाइ छ । तर पिडित भन्छन, प्रहरीले कुनै चासो देखाएका छैनन् न त स्थानीयले मेरो न्ययाका वारेमा चासो देखाए ।

सोनमा गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष मिठु रायले दलितकै घरमा भोज खाएको निहुँमा भिखारी महतोलाई बहिष्कार गरेको घटना सत्य प्रमाणीत भएको उल्लेख गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *