काठमाडौं । पशुपतीको समाज कल्याण केन्द्र बृद्वाश्रममा रहेका करिव १०० जना बृद्धबृद्वाहरूलाई विनोद नेपाल स्मृति फाउण्डेशनले फलफुल बितरण गरेको छ ।
फाउण्डेशनका अध्यक्ष डा गंगादत्त नेपालका अनुसार आज एक कार्यक्रम गर्दै विनोद नेपालको जन्मदिनको अवसरमा उनको सम्झनामा स्थापित फाउण्डेशनले फलफुल वितरण गरेको हो । यस्तै बृद्वबृद्वाहरूलाई खाना खुवाउनको लागी बृद्वाश्रम लाई दान स्वरूप उक्त फाउन्डेसनले २५ हजार प्रदान समेत गरेको छ ।
छोरा विनोदको जन्मदिनमा हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको विनोदका वुवा तथा फाउण्डेशनका अध्यक्ष नेपालले बताए । मृतकको आत्माले शान्ति पाओस भन्ने अभिप्रायले सो कार्यक्रम गर्दै आएको उनको भनाइ रहेको छ ।
समाजसेवी डा. गंगादत्त नेपालको छोरा विनोद नेपालको उच्च शिक्षा अध्ययनका क्रममा अमेरिकामा कार कार दुर्घटनामा निधन भएको थियो । सो फाउन्डेसनद्धारा उनीहरुले २०७७ सालदेखि निरन्तर विभिन्न सामाजिक कार्यहरू गर्दै आएका छन ।









