काठमाडौँ । नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डा.सन्दुक रुइतलाई बहराइन सरकारले लगभाग १४ करोड रुपैयाँ बराबरको पुरस्कार प्रदान गरेको छ ।
आज (मंगलबा) बहराइनका राजाले राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा एक समारोहकाबीच डा।रुइतलाई नेपाली रुपैयाँ १४ करोड बराबरको ‘इशा अवार्ड’ प्रदान गरेका हुन् ।
३० वर्षभन्दा बढी समय ‘मानवताका लागि सेवा’ गरेका कारण डा. रुइतलाई बहराइनका राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित अवार्ड, रुकम र सम्मानपत्र सहित सम्मान गरेका हुन् ।
सन् २००९ मा आफ्ना पिता सेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापना गरिएको यस्तो सम्मान प्रत्येक दुई वर्षको अन्तरालमा विश्वका जुनसुकै देशमा मानवतावादी सेवा गर्नेहरुलाई दिने गरिएको छ ।
नेपालमा मात्र नभएर विश्वका विभिन्न देशमा गएर डा. रुइतले आँखा उपचारको सेवा प्रदान गरिरहेका छन् ।




