काठमाडौं । आज भक्तपुर नगरपालिकाले आयोजना गरेको ३४औँ अन्तर्राष्ट्रिय पथप्रदर्शक दिवसमा बोल्दै उहाँले सांस्कृतिक सहरलाई राज्यले सांस्कृतिक क्षेत्र घोषणा गर्नुपर्ने बताए ।। आज भक्तपुर नगरपालिकाले आयोजना गरेको ३४औँ अन्तर्राष्ट्रिय पथप्रदर्शक दिवसमा बोल्दै उहाँले सांस्कृतिक सहरलाई राज्यले सांस्कृतिक क्षेत्र घोषणा गर्नुपर्ने बताए । पर्यटनबाट आउने प्रतिफल सर्वसाधारण जनतासम्म पुयाउन भक्तपुर नगरपालिकाले यसमा संलग्न पर्यटनकर्मीलाई रोजगारीको अवसर सृजना गरिरहेको उनले बताए ।
भक्तपुरका उत्कृष्ट पथप्रदर्शकहरु माधव कपाली, राजकुमार आचार्य, विष्णुप्रसाद सुवाल र रत्नकृष्ण प्रजापतिलाई उनले सो अवसरमा पुरस्कार प्रदान गरे । कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पथप्रदर्शकले पर्यटकहरुलाई सत्यतथ्य सूचना प्रवाह गरी नगरको प्रवद्र्धनमा टेवा पुयाउन प्रेरित गर्नुपर्ने बताए ।
स्थानीय पथप्रदर्शक परिचालन समितिका संयोजक गौतमप्रसाद लासिवाले भक्तपुर नगरमा कार्यरत स्थानीय पथप्रदर्शकको परिपालना, शिष्टता, नियमित योगदान, पहिरन, दक्षता, लगनशीलता आदि विषयमा मूल्याङ्कन गरी उत्कृष्ट पथप्रदर्शकलाई पुरस्कृत गर्ने निर्णय गरेको बताए ।




