समाचार

कांग्रेस सभापति देउवाद्वारा ग्याल्पो ल्होसारको शुभ–कामना

नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाद्वारा ग्याल्पो ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सभापति देउवाले शुभकामना सन्देश दिँदै नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो भनेका छन् । देउवाको सन्देशमा भनिएको छ यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रितिरिवाज र चाडपर्वहरु छन् । यी प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ । यी चाडपर्व मध्ये नेपालका आदिवासी शेर्पा लगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार (नयाँ वर्ष) पनि एक महत्वपूर्ण पर्व भएकाले यो पर्वलाई उल्लासमय रुपमा मनाउन आग्रह गरेका छन् ।

लोकतन्त्रमा मात्र सबै जात–जाति, सबै भाषा–भाषी तथा सबै धर्म र संस्कृतिले समान अवसर पाउँछन् । सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्र्दै भावी पुस्ताहरुका लागि पनि जीवन्त राख्नु हामी सबैको दायित्व र जिम्मेवारी हो सभापति देउवाले भनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *