देश

धर्मको नाममा गाँजाको व्यापार

काठमाडौं । प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा काठमाडौंको पशुपतिधाममा ठूलो मेला लाग्ने गर्छ । यस वर्षको शिवरात्री मेला फाल्गुण ६ गते शनिबार परेको थियो । सोही अवसरमा मेला भर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटकहरु लगाएत भक्त जनहरुको ठूलो भिड लागेको थियो । छिमेकी देश भारतबाट सबैभन्दा बढी मानिसहरु मेला भर्नका साथै विभिन्न साना ठूला व्यापारका लागि पनि पशुपति मन्दिर आएका थिए । शिवरात्रीको दिन अर्थात पाँच गते बेलुका अध्ययनका क्रममा पशुपति क्षेत्रमा विभिन्न किसिमको गतिविधि घटिरहेको देखिन्छ, जुन कुरा देख्दा आश्चर्य लाग्छ ।

भारतबाट पशुपतिधाममा भगुवान शिवको रुपधारण गरेर नक्कली शिव बनेर आएका (नाङ्गा) बाबाहरु चाँही नेपाल सरकारले अवैध गरेको गाँजाको व्यापार गरिरहेका थिए । खुलेआम ती (नाङ्गा बाबाहरुले गाँजाको व्यापार गरेको सुरक्षामा खटिएका प्रहरीले वेवास्ता गर्दै हजारौँ पटक वरिपरीको निरिक्षण गरेपनि कुनै पनि कार्यन्वयनमा आउन सकिरहेको थिएन ।

अझ ती निरिक्षणमा खटिएको प्रहरी टोलीले रमिते भएर ती पशुपतिको दर्शनको रमित नै हेरिरहे । नेपाली युवायुवती चाँही भारतिय बाबाले बेच्दै गरेको गाँजाको प्रकार र मुल्यमा मोलमोलाई गर्दै किन्न भिड लागेको बेलामा अनि ती शिवका भक्त भन्दै जय शिवजी भन्दै माथितिर गाँजाको लोड तानिरहँदा प्रहरीले हरेरै बसी रहे ।

नेपाल सरकारले नेपालमा चाँही प्रतिबन्ध लगाउने औषधीकोे रुपमा नियम विद्येक नै पारित गरेर पारित गरौँ , नेपालीको आर्थिक अवस्थामा सुधार आउँछ भन्दा बहिष्कार गर्ने अनि भारतिय नागारिक नाङ्गो रुप धारण गर्दैमा गाँजा बेच्न दिनु कसरी उचित हुँन्छ ? अझै अर्को कुरा विश्व सम्पदा सुचिमा सुचिकृत भएर विश्वले चिनेको मन्दिरमा यस्ता कार्यहरुले कति असर पार्छ ? यसका लागि पशुपति विकास कोष लगायत नेपाल सरकारले यसका वारेमा समयमा नै ध्यान पु¥याउनुपर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *