समाचार

९ क्रसर उद्योगमध्ये एउटा मात्रै खुल्ने

काठमाडौं । बन्द गरिएका पर्साका ९ वटा क्रसर उद्योगमध्ये एउटा मात्रै सञ्चालनमा आउने भएको छ । एउटा क्रसर उद्योगले मात्रै जिल्ला समन्वय समिति पर्साले माग गरेको १० किसिमका कागजपत्र बुझाएपछि संचालनमा आउने भएको हो ।

गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय पर्साले मापदण्ड पालना नगरेका तथा कानुन अनुसार दर्ता तथा नवीकरण नगरेका, सञ्चालन अनुमति नलिई तथा एउटा प्रयोजनको लागि दर्ता भई अर्को प्रयोजनमा सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा, उत्खनन प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरु बन्द गरेको थियो ।

क्रसर उद्योग बन्द हुँदा निर्माणको काम प्रभावित भएको गुनासो आउन थालेपछि मन्त्रिपरिषदको निर्णय अनुसार सबै जिल्लामा पत्राचार गरी आवश्यक कागजपत्र लिएर अनुगमन गरेपछि बन्द क्रसर उद्योग खोल्ने अनुमति दिने निर्देशन दिएको थियो ।

सोही अनुसार जिल्ला समन्वय समितिले माघ १६ गते सूचना निकालेको थियो । सूचनामा ७ दिनभित्र उद्योग दर्ता प्रमाणपत्र, भ्याटरप्यान दर्ता प्रमाणपत्र, इजाजतरसञ्चालन अनुमति पत्र, नविकरण, आर्थिक वर्ष ०७८र०७९ को करचुक्ता प्रमाणपत्र, प्रारम्भिक वातावरणीय परीक्षण (आइईई) प्रतिवेदन, खरिद बिक्री खाता, चालु आर्थिक वर्षको परिणाम (नदीजन्य पदार्थ), मौज्दात परिणाम र सञ्चालन अनुमतिपत्र बमोजिम स्थानमा सञ्चालन भएको प्रमाणपत्ररजग्गाधनी प्रमाण पूर्जा पेश गर्न परिपत्र जारी गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *