समाचार

नयाँ कोभिड संक्रमितको संख्या आइतबार शून्यमा झर्‍यो

काठमाडौं । देशभरमा गत २४ घन्टामा कोभिड १९ का नयाँ संक्रमितको संख्या शून्य रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २४ घन्टामा कोभिडका नयाँ संक्रमित नभेटिएका हुन्।

पछिल्ला दिन न्यून संक्रमण देखिइरहेका वेला आइतबार भने शंकास्पद ६६७ जनाको नमुना परीक्षण गर्दा संक्रमितको संख्या शून्य रहेको हो। यही समयमा २ जना संक्रमणमुक्त भएका छन्।

हाल नेपालमा कोभिडका सक्रिय संक्रमितको संख्या १५ जनामात्र रहेको छ भने संक्रमणमुक्त हुने दर ९८ प्रतिशतभन्दा धेरै रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *