समाचार

अक्टोबरमा नेपाल र मलेसियाबीचको श्रम समझदारी पुनरावलोकन हुने

काठमाडौं । मलेसियासँग सन् २०१८ मा गरिएको श्रम समझदारी पत्र (एमओयू) पुनरावलोकन गरिने भएको छ । सो श्रमझदारी पत्रमा अक्टोबरमा मलेसियन प्रतिनिधि नेपाल आउने भएका छन ।

मलेसियास्थित नेपाली राजदूतावासले त्यसका लागि यसअघि २ फेब्रुअरी २०२३ मा मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्माली नेपाल भ्रमणमा आएका थिए । उक्त भ्रमणका क्रममा श्रम समझदारी पत्र परिमार्जन गर्ने विषयमा श्रम मन्त्री र प्रधानमन्त्रीसँग समेत छलफल भएको थियो । सो छलफलमा दुवै देशका अधिकारीहरू श्रम समझदारी पत्रलाई श्रमिकमैत्री बनाएर अघि बढ्न सहमत भएको थिए ।

नेपाल र मलेसियाबीच कामदार आपूर्ति थालेको १७ वर्षपछि २०७५ कात्तिक ११ गते (२८ अक्टोबर २०१८) मा श्रम समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । एमओयू भएको ५ वर्षपछि पुनरावलोकन गर्न लागिएको हो । एमओयू अनुसार मलेसियामा रोजगारीमा जाने कामदारमाथि हुँदै आएको आर्थिक शोषण पूर्ण रूपमा अन्त्य हुने अपेक्षा गरिएको थियो ।

एमओयू भएपछि रोजगारीका लागि मलेसिया जाने कामदारको सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले नै बेहोर्नुपर्ने समझदारी बनेको थियो । मलेसियामा ‘फ्री भिसा फ्री टिकट’ मै नेपाली युवालाई मलेसिया पठाउने भन्ने थियो । कामदार आपूर्ति गर्ने म्यानपावरले रोजगारदारदाताबाट आधा महिनाको तलब सेवा शुल्कको रूपमा लिन पाउने भन्ने थियो । नेपालबाट मलेसिया जाने कामदारहरुले लाखौँ रुपैया खर्चेर मलेसिया जानुपर्ने बाध्यता छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *