समाचार

टर्की-सिरिया भूकम्प : लियोनल मेसीले ३.५ मिलियन युरो सहयोग गर्ने

काठमाडौँ।चर्चित फुटबलर लियोनेल मेसीले टर्की र सिरियाका भूकम्प पीडित परिवारका लागि ३.५ मिलियन युरो सहयोग गर्ने भएका छन् ।

टर्कीस सञ्चारमाध्यमका अनुसार मेसीले आफ्नो फाउन्डेसनमार्फत सहायता पठाउन निर्देशन दिएको भक्स न्युजले उल्लेख गरेको छ ।

लियो मेसी फाउन्डेसन एउटा पारिवारिक फाउन्डेसन हो ।

उनले सो रकम युनिसेफसँगको सहकार्यमा टर्की र सिरियाका भूकम्प पीडितका लागि सहयोग गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

टर्की र सिरियामा गएको विनाशकारी भुकम्पले अहिलेसम्म १५ हजारभन्दा धेरैको ज्यान लिएको छ । संसारभरबाट टर्की र सिरियाका भुकम्प पीडितका लागि सहयोग जाने क्रम जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *