समाचार

कांग्रेसलाई प्रमुख प्रतिपक्ष दिन नहुने भन्दै परेको मुद्दा सुनवाई आज

काठमाडौं । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको आज सुनवाई हुने भएको छ । 

अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध सो रिट निवेदन दिए पछि आज सुनवाई हुन लागेको हो । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन् । 

न्यायधिस मल्को आदेशअनुसार अधिवक्ता पोखरेलेको रिट निवेदन दर्ता भएको हो । आज २५ माघमा पहिलो पेशी तोकिएको छ । यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गरेका थिए । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *