काठमाडौं । बेलायतका संसदीय सहायक विदेश मन्त्री डा. एण्ड्रयु मुरिसन मंगलवार बेलुकी काठमाडौं आइपुग्दै छन् । यो भ्रमणलाई सरकारले अनौपचारिक भ्रमणको रुपमा राखेता पनि उनले नेपालमा रहँदा महत्वपूर्ण भेटघाट गर्ने थाहा भएको छ ।
पोखरामा रहेको ब्रिटिश क्याम्पमा बेलायती सेनामा भर्ती हुने नेपाली क्याडेटहरूलाई अनुमोदन गर्ने समारोहमा भाग लिन आएका मुरिशनले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्र मन्त्री बिमला राई पौडेल तथा रक्षा मन्त्री हरि प्रसाद उप्रेतीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

६१ वर्षीय बेलायतका कन्जरभेटिभ दलबाट संसदमा प्रतिनिधित्व गर्ने डा. मुरिशनले सहायक विदेश मन्त्रीको रुपमा रक्षा, पूर्व सुरक्षाकर्मी तथा पारिवारिक मामला हेर्छन् ।