समाचार

टर्कीमा शक्तिशाली भूकम्प

काठमाडौं ।दक्षिण-पूर्वी टर्कीस्थित गाजीयान्टापमा शक्तिशाली भूकम्प गएको छ।

उक्त स्थान सिरियासँगको सीमा नजिकै छ।

अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार त्यहाँको समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका अन्य विभिन्न सहरहरू र उक्त क्षेत्रभर महसुस भएको विवरणहरू प्राप्त भएको छ।

कैयौँ भवनहरू भत्किएको र त्यहाँ केही मानिस फसेको हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन्।

बीबीसी टर्कीस संवाददाताका अनुसार दियारबाकरमा एउटा सपिङ मल भत्किएको छ।

टर्कीका भूगर्वविदहरूले भूकम्प ७.४ म्याग्निट्युडको रहेको अनुमान गरेका छन्। उनीहरूका अनुसार केही मिनेटमै दोस्रो धक्का महसुस भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *