समाचार

इयुका आयुक्त जुट्टा नेपाल आउँदै

काठमाडौं। यूरोपेली यूनियन कि आयुक्त जुट्टा उर्पिलाइनेन एक दिने भ्रमणका लागि बुधबार नेपाल आउने भएकी छन् ।

ईयूको काठमाडौंस्थित दूतावासका अनुसार आयुक्त उर्पिलाइनेन ८ फेब्रुअरीमा नेपाल आउने तय भएको हो । इयुका अनुसार पोषण, शिक्षा र ग्रिन रिकभरीलगायत एजेन्डामा छलफल गर्ने कार्यक्रम तय भएको छ ।

काठमाडौंस्थित ईयूको राजदूतवासले जनाएअनुसार उनले प्रविधि, ऊर्जा, यातायात र वातावरणको लागि यूरोपेली संघले तय गरेको रणनीतिका विषयमा समेत उनले भ्रमणका क्रममा छलफल गर्नेछिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *