काठमाडौँ । गण्डकी प्रदेशका प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरलाई कलात्मक बनाउन थालिएको छ । एउटा धार्मिक संरचना कङ्क्रिटमय बनेको तथा केही संरचनाले मन्दिरको सौन्र्दयतामा समस्या ल्याएको जनाउँदै कालिका मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर र मन्दिर क्षेत्रलाई कलात्मक ढङ्गले आफ्ना संरचना रुपान्तरण गर्न थालेको छ ।
कालिका मन्दिर सुधारको पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रम अन्तर्गत कालिका मन्दिरको स्वरुपलाई कलात्मक बनाउने कामको थालनी गरिएको छ । बाहिरी आवरण नयाँ भए पनि कालिका मन्दिरको भित्री संरचना जीर्ण भएकाले कलात्मकस्वरुप देखिनेगरी कालिका मन्दिरको पुनःनिर्माण गर्न थालिएको कालिका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।
अहिले मन्दिरको बाहिरी आवरण इटैइँटाको छ भने ताम्रापत्रले छाएको छानोसमेत चुइने भएकाले मन्दिरलाई कलात्मक तरिकाले रुपान्तरण गर्न थालिएको हो । कालिका मन्दिरको भित्री संरचना जीर्ण भएको, तामाको छानो चुहिने भएका कारण कालिका मन्दिरको भित्री संरचना मर्मत गर्दै नयाँ तामाको छानो छाइन थालिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बता
“सिमेन्ट र ढुङ्गा जडित संरचनालाई विस्तारै हटाउँदै कलात्मक बनाउने कालिका मन्दिरको पञ्चवर्षीय योजना हो, तर समय लाग्छ भित्री संरचना क्रङ्क्रिटको भए पनि बाहिरी संरचना भने कालात्मक, विभिन्न काष्ठकला र धातु जडित सामग्री प्रयोगबाट निर्माण गर्ने योजना सुरु भएको छ” उनले भने, “अहिले मर्मत गर्र्न थालिएको मुख्य मन्दिर, निर्माण गर्न थालिएको सत्तल र हवन कुण्डबाट मन्दिरले आफूलाई कलात्मक बनाउने योजना सुरु गरिएको छ, यो तयार गर्ने संरचना मन्दिरको आन्तरिक स्रोतबाट मात्रै गरिने छ ।”
मन्दिरको सत्तल निर्माणमा रु ७० लाख र मन्दिरको ताम्रापत्र र भित्री संरचना मर्मत र कलात्मक बनाउन रु ४० लाख र हवनकुण्ड निर्माण गर्न रु १३ लाख खर्चको अनुमान गरिएको गुठी व्यवस्थापन समितिले जनाएको छ । कालिका भगवती मन्दिर अब सास्त्रीय र पुरातात्विक हिसाबले मात्र निर्माण हुनेभएपछि
कालिका मन्दिरप्रति निर्माण र सौन्दर्यप्रति चासो दिने खुसी भएको स्थानीय अधिकारकर्मी राम शर्माले बताए। काठ र कलात्मक धातु तथा वस्तुको मात्र प्रयोग भई मन्दिरको पुनःनिर्माण, कलात्मक सत्तल, हवन कुण्डको निर्माण थालेपछि आफूले मन्दिरप्रति उठाउँदै आएको निर्माणधीन संरचना निर्माणको विषयलाई गुठी व्यवस्थापनले सुनुवाइ गरेको उनको भनाइ छ । “कालिका मन्दिर हाम्रो धरोहर हो, यसलाई पुरानैस्वरुपमा कलात्मक र पुरातात्विक बनाउन थाल्नु सुखद् क्षण हो” शर्माले भने ,“अब कालिका मन्दिरकोस्वरुप विगार्ने अन्य भौतिक संरचना नथप्ने, भएका क्रङ्क्रिटका संरचनालाई हटाउँदै लैजाने र घण्टी राख्ने परम्परालाई सधार्न आवश्यक छ ।”
अधिकारकर्मी शर्माले मन्दिर परिसरको सौन्दर्य नासिने गरी निर्माण गरिने घण्टलाई पूर्ण रुपमा रोक लगाउनुपर्ने धारणा व्यक्त गरे । आगमी दिनमा मन्दिर तथा अन्य संरचना निर्माण गर्दा काष्ठकला, धातु तथा अन्य पुरातात्विक वस्तुको प्रयोग बढाउँदै आधुपनक निर्माण सामग्रीको प्रयोग हटाउँदै लैजानुपर्ने मन्दिर व्यवस्थापन समितिलाई स्थानीयवासीले सुझाव दिँदै आएका छन् ।
कालिका मन्दिरकोस्वरुप विग्रदै गएकामा स्थानीय अधिकारकर्मी, पत्रकार तथा सरोकारवाला निकालएले चासो देखाएपछि गुठी व्यवस्थापन समितिले मन्दिरलाई कलात्मक र पुरातात्विक बनाउन थालिएको हो ।




