राजनीति

प्रचण्डको तेस्रो कार्यकाल : शासनको नेतृत्व सिंहदरबारबाटै कसरी विश्वास गर्ने नागरिकले ?

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकाल भएकाले शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने बताएका छन् ।
मन्त्रिपरिषद् कार्यालयमातहतका कर्मचारीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका छन् ।

आज (मंगलबार) दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार प्रधानमन्त्री कार्यालयमातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्री सो अठोट गरेको छन । प्रधानमन्त्रीको तेस्रो कार्यकाल तथा सत्तागठबन्धन भएकाले आफुँ प्रधानमन्त्री पदमा रहेर सरकार टिकाउन आफुँ कम्जोर भएर नहुने बताउँदै उनले नीतिनियममा रहेर नेपालको नयाँ नेतृत्व गर्ने बताएका छन् ।

प्रचण्डले भने,‘ सिंहदरबारलाई कार्यसञ्चालनको मुख्य थलोका रूपमा लिएको छु। विगतमा सिंहदरबार बाहिर र निवासबाट शासन चलाएको तीतो अनुभूति तपाईं हामी सबैसंग भएकाले कोही कसैले पनि गल्ति दोहो¥यानु हुँदैन ।’ विशेष कामबाहेक अन्य परिस्थितिमा सिंहदरवारमा नै बसेर शासन गर्ने उनको भनाइ छ ।

ुप्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्ने भएपछि राज्यका सबै अंगहरूको एकीकृत परिचालनको नेतृत्व हुने भएकाले राज्यका सबै अंगलाई जवाफदेही र उत्तरदायी बनाउनुका साथै दण्ड र पुरस्कारको व्यवस्थित प्रणाली स्थापित हुने भएकाले मैलेँ यस्तो अठोट लिएको हुँ ,प्रधानमन्त्री प्रचण्डले भने ।

आफू नयाँ सरकारमा नयाँ अठोटका साथ काम गर्न आएको पनि बताएका छन्। म नयाँ अठोटका साथ काम गर्न आएको छुु, उनले भने,सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षा पूरा गर्ने अठोटका साथ आएको छु। सदनमा मलाई प्राप्त विश्वासको मत पनि त्यही जिम्मेवारीसाथ आएको छ।

राम्रो काम गर्नेलाई दण्ड र पुरस्कारको व्यवस्थालाई प्रभावकारी रूपमा पुर्ण रुपमा लागु गर्ने समेत उनको दावी छ । मुखले भन्नु र व्यवहारमा परिणत गर्न त्यतीकै गाहे हुन्छ । त्यको परिणाम हेर्न नागरिक तल्लिन भएका छन। यस्तो महान अठोट खेर नजाओस ।
नागरिकहरु शिर्शनेताहरुको गफको भरमा निराश हुने दिन विगत र वर्तमानमा जस्तै भविष्यमा नओस । यदि वास्तविक रुपमा परिवर्त ल्याउनका लागि मोबाइल र नेटवर्कको जस्तो सम्बन्ध भएमा मात्र इन्टरनेटबाट धेरै कुरा खोज्न राहत मिल्छ हैन भने पानीविनाको माछा जस्तै हुनेछन नागरिक ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *