काठमाडौ. । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्तमान समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसकेमा जनतबाट पार्टी कट्ने र मुलुक अँध्यारोतिर ढल्किने बताउका छन् । स्थायी समिति बैठकमा आफ्नो प्रतिवेदन पेश गर्दै प्रचण्डले आफूले देशको नेतृत्व पाउनुलाई अवसर र चुनौती दुबै भएको उल्लेख गरेका छन् ।
‘ वर्तमान सरकारलाई अवस र चुनौती दुबै भएकाले अबका आगामी दिनमा विश्वास लिएर खटिएर काम गर्ने समेत प्रधानमन्त्री प्रचण्डले बताएका छन् । अबको मुलुकमा आउने समस्या समाधानका लागि देशका सबै पक्षले खटेर काम गर्नुपर्नेमा समेत उनको जोड रहेको छ ।
प्रचण्डले प्रतिवेदनमा संगठनलाई व्यवस्थित गर्ने समेत खाका प्रस्तुत गरेका छन् । पार्टीको पोलिटब्यूरो, संगठन विभागलाई पूर्णता दिने र आयोगलाई पूर्णता दिने तयारी गरिएको छ । यस्तै अन्य नेताहरुको कार्यविभाजनका विषयमा समेत प्रतिवेदनमा उल्लेख गरिएको खतिवडाले बताए ।




