काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई समर्थन गर्ने बताएका छन् ।
सभामुखको निर्वाचनअघि प्रतिनिधिसभा बैठकमा बोल्दै जे जस्तो अवस्था सिर्जना भएपनि छातीमा मुड्कीले हानेर सभामुखमा ईश्वरीलाई समर्थन गर्ने बताएका हुन् ।
नेपाली कांग्रेस प्रतिपक्षमा भए पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएकामा उनले असन्तुष्टि जनाएपनि सभामुख पदको चयनका लागि कांग्रेसबाट उमेदवारी दिएकी ्ईश्वरीलाई नै मतदान गर्ने बताएका छन् ।




