समाचार

भियतनामका राष्ट्रपति सुआनले दिए पदबाट राजीनामा

हनोइ। भियतनामका राष्ट्रपति गुएन सुआन फुकले पदबाट राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारणले पदत्याग गरेको सरकारी समाचार समितिले जनाएको छ ।

राजीनामासँगै उनी भियतनाम कम्युनिष्ट पार्टीको पोलिटब्युरो (भिसिपी) तथा त्यसको १३ औं केन्द्रीय समितिको सदस्यबाट समेत मुक्त भएका छन् । मंगलबार भएको केन्द्रीय समितिको बैठकमा उनले पद त्यागको घोषणा व्यक्तिगत कारणले गरेको जानकारी दिइएको थियो ।

दुई वर्षअघि उनी भियतनामको राष्ट्रपतिमा निर्वाचित भएका थिए । यो महिनाको प्रारम्भमा दुई जना उपप्रधानमन्त्री फाम बिन मिन र भु डक डमलाई पनि भिसिपीको १३ औँ केन्द्रीय समितिको सदस्यबाट मुक्त गरिएको थियो । उनीहरू पदमुक्त भएसँगै दुई जना नयाँ नेताको नियुक्तिलाई समितिले अनुमोदन गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *