विश्व

मार्टिन लुथर किङ दिवसमा गोली चल्यो

एजेन्सी । फ्लोरिडामा मार्टिन लुथर किङ जुनियर दिवसको कार्यक्रममा सोमबार भएको गोलीकाण्डमा ८ जना घाइते भएका सीएनएनले जनाएको छ । फोर्ट पियर्समा आयोजित कार्यक्रममा १ हजारभन्दा ढी मानिसहरू भेला भएका थिए ।
गोली लागेका आठै जना वयस्क थिए र उनीहरुलाई घटनापछि अस्पताल लगिएको थियो । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *