समाचार

इरानमा पूर्व मन्त्रीलाई मृत्युदण्ड

तेहरान । बेलायती–इरानी नागरिक अलिरेजा अकबरीलाई मृत्युदण्ड दिइएको इरानको सरकारी मिडियाले जानकारी दिएको छ । अकबरीको परिवारलाई बुधबार ‘अन्तिम भेट’ का लागि कारागारमा जान भनिएको थियो ।

उनको पत्नीका अनुसार अकबरीलाई छुट्टै कोठामा राखिएको थियो । पूर्व इरानी सहायक रक्षामन्त्री समेत रहेका अकबरीलाई सन् २०१९ मा पक्राउ गरिएको थियो । उनीमाथि बेलायतका लागि जासुसी गरेको आरोप लगाइएको थियो । सो आरोपलाई अकबरीले निरन्तररुपमा अस्वीकार गर्दै आएका थिए ।

बेलायतले इरानलाई मृत्युदण्ड रोक्दै उनलाई तत्काल रिहा गर्न माग गरेको थियो । तर, अकबरीलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको त्यहाँको न्यायालयको आधिकारिक पत्रिका मिजानले जानकारी दिएको छ । यद्यपि, उनको मृत्युदण्डको मिति भने खुलाइएको छैन । इरानले यसै हप्ता मात्र अकबरीले आफ्नो आरोप स्वीकार गरेको भिडियो सार्वजनिक गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *