समाचार

धनकुटामा लागेको आगो २ घण्टापछि नियन्त्रणमा

काठमाडौं । धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारको भीषण आगलागी नियन्त्रणमा आएको छ ।

बजारको काउली चोकको सन्तोष राईको घरबाट बेलुकी ७ बजेतिर सुरु भएको आगलागीले बजारका ६ वटा घरमा क्षति पुगेको जनाइएको छ । घटनामा दुई घर पूर्ण क्षति र चारमा आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

आगो दुई घण्टापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले निभाएको स्थानीयले जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *