देश

प्रदेश १ को उपसभामुख सिर्जना दनुवारलाई उम्मेदवार बनाइने

काठमाडौं । नेकपा एमालेले प्रदेश १ को उपसभामुखमा सिर्जना दनुवार उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उदयपुरबाट प्रदेश सभा सदस्यमा निर्वाचित दनुवारलाई ३० पुसमा हुने निर्वाचनका लागि उम्मेदवार बनाउने तय भएको हो । प्रदेश १ को सभामुखमा भने नेकपा माओवादी केन्द्रका बाबुराम गौतम यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *