राजनीति

प्रधानमन्त्रीसँग बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको भेट

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रदेश सरकार विस्तार र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

सत्ता गठबन्धनको सहयोगमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकार विस्तारको तयारीमा जुटेको बताएका छन् । प्रदेशमा एमालेबाट जगन्नाथ थपलिया र राप्रपाबाट उद्धव थापा सरकारमा सहभागी भएका छन् ।

थपलियाले प्रदेशको अर्थ मन्त्रालय सम्हालेका छन् भने थापालाई विभागीय कुनै जिम्मेवारी तोकिएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *